उपनिर्वाचनका उम्मेदवारले आज नाम फिर्ता लिन सक्ने

आजै अन्तिम नामावली सार्वजनिक हुने


२३ चैत्र २०७९, बिहीबार
nirbachan aayog

काठमाडौं । उपनिर्वाचन निर्वाचन कार्यतालिका अनुसार आज (बिहीबार) उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको छ ।

आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ । चितवन–२, तनहुँ–१ र बारा–२ मा हुन लागेको उपनिर्वाचनमा क्रमशः २४ जना, ९ जना र ३६ जना गरी ६९ जनाले उम्मेदवारी दिएका छन् । तनहुँ–१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।

यता, चितवन–२ का प्रतिनिधि सभा सदस्य रवि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो । लामिछानेले पुनः चितवन–२ बाटै उम्मेदवारी दिएका छन् । उपनिर्वाचनको लागि आउँदो बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७