मेस्सीलाई हालसम्मकै सर्वाधिक रकमको अफर


२३ चैत्र २०७९, बिहीबार
messi1631242533

काठमाडौं । अर्जेन्टिनालाई विश्वकप फुटबल दिलाउन सफल लियोनल मेस्सीलाई अहिलेसम्मकै कीर्तिमानी रकमको अफर आएको छ । उनलाई साउदी फुटबल क्लबले अफर गरेको हो ।

पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डोलाई साउदी अरेबियन क्लबले लिएको पाँच महिना नहुँदै मेस्सीलाई साउदीबाटै कीर्तिमानी अफर आएको हो । चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल हिलालले मेस्सीलाई अनुबन्धन गर्नका लागि कीर्तिमानी रकमको प्रस्ताव गरेको हो ।

उनका अनुसार अल हिलालले वार्षिक करिब ५८ अर्ब नेपाली रुपैयाँ (४०० मिलियन युरो) को प्रस्ताव गरेको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) सँग सम्झौता सकिन तीन महिनामात्र बाँकी रहेका बेलामा साउदी क्लबले उक्त अफर गरेको हो ।

मेस्सी र पीएसजीबीचको सम्झौता यही जुनमा समाप्त हुँदैछ । मेस्सीसँग पीएसजीले सम्झौता एक वर्षका लागि थप गर्ने तयारी गरेको छ । त्यस्तै स्पेनिश क्लब बार्सिलोनाले पुनः आबद्ध हुने चर्चा पनि भइरहेको छ । तर एसियाली क्लब एकाएक सनसनीपूर्ण सम्झौता गर्न आतुर देखिएको छ । रोनाल्डो साउदी क्लब अल नासरबाट खेलिरहेका छन् । नासरले रोनाल्डोलाई वार्षिक १७३ मिलियन युरोमा अनुबन्धन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७