विशेष अदालतले फैसला गरेका मुद्दा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन


२३ चैत्र २०७९, बिहीबार
Akhtiyar

काठमाडौं । विशेष अदालतबाट फैसला भएका मुद्दामा चित्त नबुझेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले विशेष अदालत काठमाडौंमा दायर गरेको परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा विशेषले गरेको फैसला चित्त ननबुझेको भन्दै आज सर्वोच्चमा पुनरावेदन दिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

प्रतिवादी कमलप्रसाद दाहाल, तेजनारायण चौधरी, हिरा कटुवाल र जानका आले मगरको मुद्दामा विशेष अदालतले गत कार्तिक २२ गते सफाइ दिएको थियो । विशेष अदातले प्रतिवादीहरूलाई प्रमाणबाट आरोपित पुष्टि गर्ने आधार नभएकाले कसुरदार ठहर गरी सजाइ गर्न नमिल्ने भन्दै सफाइ दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७