प्रमाणपत्र धितो राखेर निब्र्याजी ऋण माग्दै अर्थमन्त्रीलाई विद्यार्थी संगठनको ज्ञापनपत्र


१६ बैशाख २०७५, आईतवार
31496376 2021034371258054 777729409489567744 n

काठमाडौं १६ बैसाख । प्रमाणपत्र धितो राखेर निब्र्याजी ऋण पाउनु पर्ने भन्दै संयुक्त विद्यार्थी संगठनले आज अर्थमन्त्री डा. युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएका छन् ।

31496376 2021034371258054 777729409489567744 n
विद्यार्थी संगठनका नेता शैक्षिक प्रमाणपत्र राखेर विना व्याज ऋण पाउनु पर्ने मागसहितको ज्ञापनपत्र अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाउँदै । तस्विर : नयाँपेज

अर्थमन्त्री डा. खतिवडालाई भेट्दै विद्यार्थी संगठनले शिक्षामा २० प्रतिशत बजेट र प्रमाणपत्र धितो राखी निव्र्याजी ऋणको व्यवस्था मिलाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन् । अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैठौं, नेपाल क्रान्तिकारी विद्यार्थी संघले आज संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री खतिवडाले आगामी बजेटमा विद्यार्थी संगठनहरुले उठाएको मागलाई अधिकतम् सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । अनेरास्ववियुकै अगुवाइमा शैक्षिक प्रमाणपत्र धितो राखेर निव्र्याजी ऋणको व्यवस्था गरिनु पर्ने माग उठेको थियो ।
ज्ञापनपत्रमा अखिलका कार्यवाहक अध्यक्ष महेश वर्तौला, नेविसंघ अध्यक्ष नैनसिंह महर, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अखिल छैठौंका अध्यक्ष विमल पोखरेल, नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष निरज लवजुको हस्ताक्षर रहेको छ ।

यस्तो छ ज्ञापनपत्रstudent 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७