आईपीएल क्रिकेट : कोलकतासँग बेंग्लोरलाई ८१ रनले पराजित


२४ चैत्र २०७९, शुक्रबार
kl bnglr znENPiWiQb

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ८१ रनले पराजित गरेको छ ।

गए राति इडेन गार्डेनमा भएको खेलमा कोलकताले दिएको २०५ रनको लक्ष्य पछ्याएको बेंग्लोर १७ ओभर ४ बलमा १२३ रनमा समेटियो । बेंग्लोरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३ तथा विराट कोहलीले २१ रन बनाए । कोलकताका वरुण चक्रवर्तीले ४, सुयश शर्माले ३ तथा सुनिल नारेनले २ विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले २० ओभरमा ७ विकेट गुमाएर २०४ रन बनाएको थियो । कोलकताका शार्दुल ठाकुरले सर्वाधिक ६८ रन तथा रहमानुल्लाह गुर्वाजले ५७ रन बनाए । आईपीएल क्रिकेटमा गुर्वाजको यो पहिलो अर्धशतक पनि हो ।

त्यस्तै रिंकु सिंहले ४६ रन जोडे । बेंग्लोरका डेबिड बिल्ली र कर्ण शर्माले समान २/२ तथा मोहम्मद सिराज, हर्षल पटेल र माईकल ब्रेसवेलले समान १/१ विकेट लिए । पहिलो जितमा दुई अंकका साथ कोलकता तालिकाको तेस्रो स्थानमा रहेको छ । बेंग्लोर २ खेलमा २ अंकसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७