ओलम्पिक तयारीकाे लागि फुपु जापान प्रस्थान


१६ बैशाख २०७५, आईतवार
phupu khatri 1

काठमाडौं, बैशाख १६: टोकियो ओलम्पिक– २०२० को तयारीका लागि जुडो खेलाडी फुपुल्हामु खत्री आइतबार जापान प्रस्थान गरेकी छन् । ओलम्पिक सोलिडारिटी कोर्सअन्तर्गत फुपु २ वर्ष ३ महिनाका लागि जापान गएकी हुन् ।phupu khatri 1

त्यहाँ रहँदा फुपुले टोयामोस्थित टकाउका युनिभर्सिटी अफ लमा आफ्नो तयारी प्रशिक्षणका साथै अध्ययनलाई पनि निरन्तरता दिने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । अध्यक्ष वज्राचार्यले जापानको तयारीबाट फुपुले छनोट भएर ओलम्पिक खेल्ने विश्वास व्यक्त गर्दै मनीता श्रेष्ठ प्रधानलाई पनि ओलम्पिककै तयारीका लागि एसियाली खेलकुदपछि जापान पठाउने तयारी भइरहेको बताए ।

सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले फुपुलाई बिदाइ गर्दै ठूलो प्रतियोगिता सुरु हुन २-३ महिना बाँकी छँदा गरिने तयारीको परम्परा अन्त्य गर्नु पर्नेमा जोड दिदै वाइल्ड कार्ड मार्फत नभइ छनोट भएर ओलम्पिक खेल्ने खेलाडीबाट मात्र पदकको आशा गर्न सकिने धारणा व्यक्त गरे । अध्यक्ष श्रेष्ठले चाँडै नै टोकियो ओलम्पिक तयारीको अन्य विषयमा जानकारी गराउने बताउदै सरोकारवाला र सरकारको सहयोगमा विगतको जस्तो नेपालको अन्तर्राष्ट्रिय सहभागितालाई सहभागितामा मात्र नभइ परिणाममुखी बनाउनेतर्फ ओलम्पिक कमिटी अग्रसर हुने बताए ।
१२ औं साग स्वर्णधारी एवं रियो ओलम्पिकमा सहभागिता जनाइसकेकी फुपुले जापानमा तयारीको अवसर पाउदाँ निकै उत्साहित भएको बताउदै अवसरलाई सदुपयोग गर्नेतर्फ ध्यान केन्द्रीत गर्ने बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७