थप ९९ जनामा कोरोना, संक्रिय संक्रमित ३७३ जना


२४ चैत्र २०७९, शुक्रबार
omicron covid nepal EEdEt66gZ6

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक हजार छ सय ३५ नमुनामध्ये एक सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ४१ र एक हजार चार सय ५८ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ गरी ९९ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप २६ जना संक्रमित निको भएका छन् । कोरोनाको सक्रिय संक्रमितको संख्या तीन सय ७३ जना पुगेको छ । संक्रमितमध्ये चार जनालाई आईसीयूमा र एक जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच २४ घण्टामा १७ हजार छ सय ६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७