पाटन क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै


२५ चैत्र २०७९, शनिबार
patan

काठमाडौं । पाटन क्याम्पसमा आज (शनिबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । चैत ५ गते रोकिएको निर्वाचन आज हुन लागेको हो । ५ गते ४५ वटा आंगिक क्याम्पस र करिब ३०० सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन भएको थियो ।

१७ वटा आंगिक क्याम्पसहरूमा निर्वाचन हुन सकेको थिएन । बाँकी क्याम्पसहरुमा चैत ३० गते स्ववियु निर्वाचन हुने तालिका छ । २०३० सालसम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुँदै आएकोमा २०३६ देखि प्रत्येक दुई-दुई वर्षमा निर्वाचन हुँदै आएको थियो। त्रिविमा एक दशकदेखि निर्वाचन हुन सकेको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७