यो होडबाजी गर्ने बेला होइन अन्तिम प्राप्तीको लागि जुट्ने बेला हो : गेसो महासचिव


१७ बैशाख २०७५, सोमबार
Dhasarath Rai Geaso screatary

गोर्खा भर्ती शुरु भएको दुई शताब्दी पार भएको छ । नेपाली नागरिकले गोर्खा सैनिकको रुपमा सन् १८१६ देखि आजसम्मका प्रत्येक सैनिक मोर्चाहरुमा लडेका छन् । गोर्खाहरुको बलमा ब्रिटिसले अनेकौं युद्ध जितेको इतिहास छ । अहिले पनि ब्रिटिसले गोर्खाहरुलाई आफ्नो महत्वपूर्ण सामरिक शक्तिको रुपमा प्रयोग गरिरहेका छन् । तर, गोर्खा सैनिकहरुमाथि विभेद र असमानता छ । पेन्सन, तलब र बिभिन्न सुबिधामा गोरा सैनिक र गोर्खा सैनिकबीच निकै ठूलो विभेद छ । यहि विभेदविरुद्ध गोर्खाहरुले २०४६ सालयता आन्दोलन गरिरहेका छन् ।

Dhasarath Rai Geaso screatary

गेसोको नेतृत्वमा भएको आन्दोलनका कारण गोर्खाहरुको केही मुद्दा सम्बोधन भएको थियो । २००९ मा गोर्डन ब्राउन नेतृत्वको तत्कालीन ब्रिटिस सरकारले ब्रिटिस सेनामा कम्तीमा चार वर्ष सेवा गरेका तथा सन् १९९७ अघि सेवा निवृत्त भएका भूतपूर्व गोर्खा सैनिकहरुलाई ब्रिटेनमा आएर बसोबास गर्न अनुमति दिएको थियो । कार्यरत गोर्खा सैनिकहरुको हकमा समानता दिइएको थियो । गेसोको यो अभियानमा ब्रिटिस अभिनेत्री जोआना लुम्ले र ब्रिटिस सांसदहरुको दबाबपछि तत्कालीन ब्रिटिस सरकारले ब्रिटिस सेनामा कम्तीमा चार वर्ष सेवा गरेका गोर्खा सैनिकहरुलाई आवासीय अधिकार दिने घोषणा गरेको हो । तर, सेवा निवृत्त भूपू गोर्खाहरुको पेन्सनलगायतका सुबिधाहरुको मागको बिषयमा सम्बोधन गरिएको थिएन ।

तिनै माग सम्बोधनका लागि गेसोलगायत गोर्खाहरुका बिभिन्न संगठनहरुले आन्दोलन र अभियान जारी राखेका थिए । तर, उनीहरु बिभाजित थिए । २८ मार्च २०१७ मा २०४६ सालयता अभियानरत गेसो र बिभिन्न समूह मिलेर बनेको ‘संयुक्त सत्याग्रह संघर्ष समिति’ बीच कार्यगत एकता गर्ने सहमति भएको थियो । यो सहमतिलाई गोर्खाहरुले ऐतिहासिक भनेका थिए । दुबै संगठन एक भएपछि ३० मार्च २०१७ मा ब्रिटिस सेनाबाट सेवा निवृत्त गोर्खा सैनिकहरुको समस्या अध्ययन् गर्न प्राविधिक समिति बनाउन ब्रिटिस सरकार सहमत भएको थियो ।

ब्रिटिस रक्षा मन्त्रालयमा उच्च ब्रिटिस अधिकारीहरु, लण्डनस्थित नेपाली दूतावासका अधिकारीहरु तथा गोर्खाहरुको प्रतिनिधिहरुबीच भएको छलफलपछि त्यस्तो सहमति भएको हो । यहि समितिले अध्ययन् गरेर प्रतिवदेन तयार पारेको हो । यहि प्रतिवेदन बेलायतस्थित रक्षामन्त्रालयमा दुबै देशका सरकारलाई ८ चैत २०७४ मा बुझाइएको छ । यो प्रतिवेदन बुझाए लगत्तै गोर्खाहरु नेपाल अभियान लिएर आएका छन् । यो अभियानका बिषयमा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का महासचिव दसरथ राईसँग नयाँ पेजले गरेको भिडियो कुराकानी :

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७