युक्रेनकी प्रथम उपविदेशमन्त्री झापरोभा भोलि भारत आउँदै


२५ चैत्र २०७९, शनिबार
emine d FX4Ip0BMCD

कीभ । युक्रेनकी प्रथम उपविदेशमन्त्री एमिने झापरोभा भोलि (आइतबार) भारत भ्रमणमा आउने भएकी छन् । रुसले युक्रेनमाथि आक्रमण गरेपछि भारतको भ्रमण गर्ने उनी पहिलो युक्रेनी मन्त्री हुन् ।

रुसबाट तेलका साथै सैन्य उपकरण आयात गर्दै आएको भारत रुसमाथिको निर्भरताबाट उम्कन सकेको छैन भने पश्चिमा देशहरुबाट एक्लिएको रुससँगको सम्बन्ध सन्तुलन चुनौतीपूर्ण बनेको छ । रुससँगको लामो समयदेखिको सुरक्षा सम्बन्धले भारतलाई जटिल कूटनीतक स्थितिमा पुर्‍याएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतले युक्रेन र रुसबीचको वैमनस्यातापूर्ण सम्बन्धको अन्त्य हुनुपर्नेमा जोड दिए पनि रुसी आक्रमणको आजसम्म निन्दा गरेको छैन । यसअघि चीन पनि युक्रेनमाथी रुसी आक्रमणबारेमा तटस्थ रहँदा भारतलाई सम्बन्ध कायममा केही सजिलो भए पनि चीन स्पष्ट रुपमा रुसको पक्षमा उभिएपछि भारतलाई कुटनीतिक समस्या थपिएको हो । भारतमा रहँदा युक्रेनी उपविदेशमन्त्री झापरोभाले विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँग युक्रेनको वर्तमान अवस्थाका बारेमा छलफल गर्ने भारतको बाह्य मामिला मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७