मेस्सीको गोलसँगै फ्रेन्च लिगमा पिएसजीको अग्रता


२६ चैत्र २०७९, आईतवार
16383982177815

काठमाडौँ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले २–० को सहज जित निकालेको छ । घरेलु टोली नाइसमाथि पिएसजीले २–० को सहज जित निकाल्दै शीर्षस्थान कायमै राखेको छ ।

एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति भएको खेलमा पहिलो हाफको २६औँ मिनेटमा मेस्सीको गोल गरे । पहिलो हाफमा नै १–० को अग्रता लिन सफल भएको पिएसजीले दोस्रो गोलका लागि ५० मिनेट कुर्नुपर्‍यो । दोस्रो हाफको ७६औँ मिनेटमा मेस्सीको पासमा डिफेन्डर रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।

यो गोलसँगै खेल २–० को अवस्थामा टुङ्गियो । यस जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अङ्क थपेको छ । जसअनुसार पिएसजीको ३० खेलबाट ६९ अङ्क हासिल गरेको छ भने पराजित नाइस ४५ अङ्क जोडेर आठौँ स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७