विशेषले सफाइ दिएको फैसलाविरूद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन


२६ चैत्र २०७९, आईतवार
Akhtiyar

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतले फैसला गरेका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मुद्दामध्ये सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा पुनरावेदन गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन ।

उनका अनुसार विशेष अदालतले सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको मनोजकुमार झा प्रतिवादी रहेको मु्द्दामा चैत्र १२ गते सफाइ दिएको थियो । तोकिएको प्रक्रिया पूरा गरी रकम फर्छ्यौट गरेको देखिएकाले झाले रकम हिनामिना गरेको भन्न नमिल्ने भन्दै विशेषले सफाइ दिएको थियो ।

तर, आयोगले प्रतिवादी झाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ३ लाख ५९ हजार १३८ रुपैयाँ हानी नोक्सानी गरेको ठहर गर्दै सोही रकम बराबरको बिगो माग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७