युवा संघको नवौं महाधिवेशन आजदेखि : अध्यक्ष ओलीले उद्घाटन गर्दै


२७ चैत्र २०७९, सोमबार
340448174 939358307093497 4195382368158464377 n

नेपालगञ्ज । (नेकपा एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन आज सोमबारदेखि बाँकेको नेपालगञ्जमा सुरू हुँदैछ । आज सोमबारदेखि चैत २९ गतेसम्म हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नवौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले जनाएको छ ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन सम्पूर्ण तयारी पूरा भएको युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । उनका अनुसार उद्घाटन समारोहमा देशभरबाट दुई हजार भन्दा बढी प्रतिनिधिसहित १० हजार बढी नेता कार्यकर्ता सहभागि हुनेछन् ।

महाधिवेशनका लागि कोहलपुरदेखि कार्यक्रमस्थल नेपालगञ्जको होटल स्नेहसम्म प्रचार सामग्री र स्वागतद्वारले विशेषरुपमा सजाइएको छ । उद्घाटन समारोहमा कलाकार बद्री पंगेनी, राजा राजेन्द्र, अस्मिता अधिकारी, रवि वड लगायतले सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

महाधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । महाधिवेशन उद्घाटन समारोहमा एमाले अध्यक्ष ओलीसँगै उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एंव मोर्चा संगठन इञ्चार्ज भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य महेश बस्नेतलगायतका नेताहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७