एकै दिन थप १२४ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या ४४४ पुग्यो


२७ चैत्र २०७९, सोमबार
FtWbyAhaUAAwV5X

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोभिड (कोरोना) संक्रमण पुष्टि भएको छ । ९०३ पीसीआर र १,६६३ एन्टिजेन गरी कुल २,५६६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् ।

पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण देखिएको हो । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ । एक हजार हाराहारीमा हुँदै आएको कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ ।

कोभिड बढेसँगै अस्पतालमा पनि बिरामी भर्ना हुन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा २१ जना, आईसीयूमा १० जना र भेन्टिलेटरमा ४ जना रहेको देखिएको छ । मन्त्रालयले कोभिडबाट सुरक्षित रहन स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७