‘टीआरसी’ लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने तीन दलबीच समझदारी


२८ चैत्र २०७९, मंगलवार
Trc Meeting 2 scaled

काठमाडौँ । बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा बसेको सरकार र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने समझदारी भएको छ ।

Trc Meeting 1

संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा विधेयक टुंगो लगाउन नेताबीच समझदारी भएको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् । यसबारे अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा बस्ने उनले बताए ।

मंगलबार बिहानको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सरकार र प्रतिपक्षका शीर्ष नेताहरूबीच छलफल भएको हो । बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेता सहभागी थिए । उक्त बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी थिए । महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७