भरतपुर अस्पतालको नाममा कोरोनाको नक्कली रिपोर्ट


२८ चैत्र २०७९, मंगलवार
Bharatpur Hospital chitwan

चितवन । चितवनस्थित भरतपुर अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर दुरुपयोग गरी नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी अस्पतालको लेटर हेड र डिजिटल सिग्नेचर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्ट तयार पारिएको पाइएको जानकारी दिएका हुन् ।

अस्पतालमा गत माघ १३ गतेदेखि नै कोरोनाको पीसीआर परीक्षण रोकिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । एन्टिजेन परीक्षण भने जारी रहेको अस्पतालले जनाएको छ ।

तर एसईई र क्याम्पसस्तरको परीक्षा दिने विद्यार्थीहरूले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएकाले सम्बन्धित सबैलाई सचेत रहन अस्पतालले अनुरोध गरेको छ ।

हेर्नुहोस् अस्पतालको विज्ञप्ति–

bharatpur aFthm26cGJ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७