कोरोनाबाट तीन महिनापछि एकको मृत्यु, आज १०६ जनामा संक्रमण


२८ चैत्र २०७९, मंगलवार
korona 1

काठमाडौं । कोरोना संक्रमणका कारण तीन महिनापछि आज (मंगलबार) एक जनाको ज्यान गएको छ । वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी करिब ३ साताअघि अस्पताल भर्ना भएका थिए ।

FtbOxueacAENpQX

यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १०६ जना कोरोना संक्रमित थपिएका छन् । दुई हजार ४३६ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ । आजसम्म २४ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये १३ जना आइसीयु र पाँच जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७