उद्योग वाणिज्य महासंघको आज मतदान, वरिष्ठ उपाध्यक्षमा तीन जनाबीच प्रतिष्पर्धा


२९ चैत्र २०७९, बुधबार
businessman election 079

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज (बुधबार) मतदान हुँदैछ । उद्योगी व्यवसायीहरूको छाता संस्था महासंघको ५७ औं साधारण सभाले महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो । यस महासंघको अधिवेशन हिजो उद्घाटन भएको थियो ।

हिजोबाट सुरु भएको साधारणसभावाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल विधानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आज मतदान हुनेछ ।

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईको उम्मेदवारी परेको छ । यसरी निर्वाचित हुने महासङ्घको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् । साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एशोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ । यस्तै वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एशोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रीय कार्यसमितिमा आउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७