माओवादीको सचेतकमा रुपा सोशी चौधरी


२९ चैत्र २०७९, बुधबार
Rupa sosi

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सचेतकमा सांसद रुपा सोशी चौधरी चयन भएका छन् । सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गर्ने निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए ।

चौधरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका हुन् । उनी कैलालीबाट प्रतिनिधित्व गर्छन् । माओवादीले यसअघि मुख्य सचेतकमा हितराज पाण्डेलाई चयन गरिसकेको छ ।

बैठकले संसद्मा सशक्त ढङ्गबाट प्रस्तुत हुने तथा सदनमा प्रस्तुत हुने विधेयकमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको सांसद सापकोटाले जानकारी दिए । सरकारले सदनमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटका सन्दर्भमा सक्रियतापूर्वक लाग्ने निर्णय समेत बैठकले गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गोमा पुर्‍याउन दलहरूसँग भएका छलफलका बारेमा ‘ब्रिफिङ’ गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७