रोकियो उद्योग वाणिज्य महासंघको मतदान


२९ चैत्र २०७९, बुधबार
uba shangh 2

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकिएको छ । जिल्ला नगरका मतदाता तथा समर्थक एशोसिएटको मतदानस्थलमा होहल्ला गर्न आएपछि मतदान अवरुद्ध भएको हो ।

समर्थकले वरिष्ठ उम्मेदवारको पक्षमा भोट माग्दै हुटिङ गरेका थिए । ‘भोट फोर अञ्जन’, भोट फर संघाई, भोट फर उमेशलाल भन्दै समर्थक होहल्ला गरेसँगै स्थगित भएको छ । समर्थकको भीडले भोटिङको लागि लाइनमा बसेकालाई धकेल्न थालेसँगै मतदान स्थगित भएको छ ।

प्रज्ञा प्रतिष्ठानमा भइरहेको मतदानमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ । निर्वाचन समितिका अधिकारीहरु आएर होहल्ला गर्नेहरुलाई हटाएका छन् र मतदानस्थल प्रज्ञा भवनको सुरक्षा बढाइएको छ । महासंघको नयाँ कार्यसमिति (२०८०–२०८३) चयनका लागि आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला सुरु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७