कोरोनाबाट आज पनि एक जनाको मृत्यु, थप १२१ जनामा संक्रमण


२९ चैत्र २०७९, बुधबार
Ftgeyx acAIaJzT

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट आज (बुधबार) पनि एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ हजार २२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई हजार तीन सय ७७ जनाको नमुना परीक्षण गर्दा १२१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ८१ जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या चार सय ४५ पुगेको छ । संक्रमितमध्ये २५ जना संस्थागत आइसोलेशनमा, ११ जना आईसीयूमा र तीन जना भेन्टिलेटरमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४२ हजार एक सय ८० जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७