चीनलाई एक लाख बाँदर बेच्ने तयारीमा श्रीलंका


३० चैत्र २०७९, बिहीबार
monkey srilanka

काठमाडौं । श्रीलङ्कामा वन्यजन्तुको सङ्ख्यामा निरन्तर वृद्धि भएको छ । सरकारी अधिकारीले यसबाट निम्तिन सक्ने सम्भावित खतरालाई व्यवस्थापन गर्ने बिषय चुनौतीपूर्ण बनेको छ ।

आर्थिकरूपमा सङ्कटग्रस्त श्रीलङ्काले चीनमा एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे विचार गरिरहेको कृषिमन्त्रीले बुधबार बताएका छन् ।

लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलङ्कामा प्रशस्तरूपमा पाइने बाँदर हो तर यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले सङ्कटापन्न वन्य जन्तुको रूपमा वर्गीकृत गरेको छ ।

देशको एक अग्रणी अनुसन्धान संस्थानले कृषि–वन्यजन्तु द्वन्द्व व्यवस्थापन एकाइ स्थापना गर्न सिफारिस गरेको कृषि मन्त्रालयले बुधबार जनाएको छ । हेक्टर कोब्बेकडुवा कृषि अनुसन्धान तथा तालिम संस्थानले मन्त्रालय मातहत यस्तो एकाइ स्थापना गर्न सिफारिस गरेको थियो ।

जङ्गली जनावरबाट बालीनालीमा हुने क्षति न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायका बारेमा विश्वविद्यालयका प्राध्यापक, पशु अधिकार संस्थाका सदस्य र अन्य कर्मचारीसँग भएको छलफलपछि कृषिमन्त्री महिन्दा अमरवीरालाई प्रतिवेदन बुझाइएको मन्त्रालयले जनाएको छ ।

वनको हालको घनत्वको तुलनामा श्रीलङ्कामा वन्यजन्तुको संख्या बढ्दै गएको र जङ्गली जनावरले बालीनालीमा पुर्‍याएको क्षतिको मात्रा वर्षेनी बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ । बाँदर, मयूर, विशाल गिलहरी र जङ्गली बँदेलगरी पाँच प्रजातिका बालीनालीमा क्षति पुर्‍याउने जीवजन्तुको पहिचान गरिएको कृषि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७