थप १०६ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या ४३५ पुग्यो


३० चैत्र २०७९, बिहीबार
FtlPbwLaUAIiPU

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १,४८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ७४ जना संक्रमणमुक्त भएका छन् । यसैबीच २४ घण्टामा ३१ हजार ५५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

अहिले सक्रिय संक्रमितको सख्या ४३५ रहेको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा २७ जना आइसोलेसन, १२ जना सघन उपचार कक्ष (आईसीयू) मा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् । केही दिनयता नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । संक्रमण बढेसँगै स्वास्थ्य मापदण्डको पालना गर्न र कोरोनाविरुद्धको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७