उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित


३० चैत्र २०७९, बिहीबार
anjan sth.JPG

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका अञ्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले समर्थन गरेपछि अञ्जन सर्वसम्मत रूपमा महासंघको वरिष्ठ उपाध्यक्षमा चयन भएका हुन् ।

यसअघि महासंघको वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा थिए । त्यसमा अञ्जनले ३७.९९ प्रतिशत, उमेशले ३१.५१ प्रतिशत र संघईले ३०.४६ प्रतिशत मत प्राप्त गरेका छन् ।

anajn

महासंघको वरिष्ठ उपाध्यक्ष हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ । तर, त्यसअनुसार कसैको पनि मत नआएपछि दोस्रो चरणमा मतदान गर्न लागिएको थियो । अन्तिम समयमा सहमतिको प्रयाससमेत थालिएको थियो । सहमतिपछि उमेशलाल श्रेष्ठले छाडिदिएपछि अञ्जन सर्वसम्मत भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७