खराब मौसमका कारण आन्तरिक उडान प्रभावित


३ बैशाख २०८०, आईतवार
airport 2 scaled 1
फाइल फोटो

काठमाडौा । खराब मौसमका कारण आन्तरिक उडान प्रभावित भएका छन् । बाक्लो तुवाँलोका कारण भिजिबिलिटी घट्दा पोखरा, भरतपुर र तुम्लिङटारको उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान उडान अवतरण ठप्प भएको सिमरामा भने अघि बिहान पौने ११ बजेदेखि उडान सुरु भएको छ ।

पोखरा, भरतपुर र सङ्खुवासभाको तुम्लिङटारमा भने अहिले पनि उडान अवतरण हुन सकेको छैन । मौसम सफा भएपछि मात्रै उडान हुने विमानस्थल कार्यालयले जनाएको छ । वायु प्रदूषणका कारण उडान अवतरण प्रभावित भएको हो । डढेलो, धुवाँ धुलोलगायतका कारण प्रदूषण बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७