राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


४ बैशाख २०८०, सोमबार
Samsad 2 scaled

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज (सोमबार) बस्दै छ । १३ औं अधिवेशनको १७ औं बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

आज (सोमबार) को बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ छलफलका लागि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिलसिनाले पूर्वसांसद तेजमान तुम्वाहाम्फेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

21681689302

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७