शीर्ष स्थानको आर्सनल वेस्ट ह्यामसँग बराबरीमा रोकियो


४ बैशाख २०८०, सोमबार
imrs PPKFuXT9WY

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनललाई वेस्टह्यामले बराबरीमा रोकेको छ । गए रातिको खेलमा आर्सनलले वेस्ट ह्यामसँग २–२ गोलको बराबरी खेलेको हो ।

आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा खेल बराबरीमा पुगेको थियो । खेलको सातौं मिनेटमा गाब्रियल जिससले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै, दशौं मिनेटमा मार्टिन ओडेगार्डले गोल गरे ।

खेलको ३३ औं मिनेटमा वेस्ट ह्यामका सेद बेन्रहमाले पेनाल्टीमार्फत् गोल गरे भने ५४औं मिनेटमा जार्रोड बोवेनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । बराबरीसँगै आर्सनलले ३१ खेलमा ७४ अङ्क जोडेको छ । वेस्ट ह्याम ३१ अङ्क जोडेर १५औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७