रुसी राष्ट्रपति पुटिन र चीनका रक्षामन्त्री शाङ्गफुबीच भेटवार्ता


२०८० बैशाख ४ सोमबार ११:०२ बजे

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका रक्षामन्त्री जनरल ली शाङ्गफुबीच भेटवार्ता भएको छ ।
रुसको राजधानी मस्कोमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र सैन्य सहयोगको विषयमा छलफल भएको रोयटर्सले जनाएको छ ।

भेटमा पुटिनले सैन्य सहयोग र सूचना आदानप्रदान गर्ने बताएका छन् । चीनले भने रुस र युक्रेनबीच युद्ध हुनुमा अमेरिका र नेटो जिम्मेवार रहेको जनाएको खबरमा उल्लेख छ । यस्तै, चीनले रुसलाई हतियार सहयोग नगर्ने पनि बताएका छन् । केही समयअघि पनि रुसी राष्ट्रपति पुटिनले चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्ता गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७