राष्ट्रियसभाको बैठक स्थगित


५ बैशाख २०८०, मंगलवार
samsad 4 scaled

काठमाडौं । राष्ट्रियसभाको आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज हपराह्न २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको सो बैठक विशेष कारणवश स्थगित गरिएको हो ।

बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी राष्ट्रियसभाका अध्यक्षले निर्धारण गर्ने संसद्का महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७