प्रम ओलीलाई मिनेन्द्रको व्यङ्ग्य, ‘काम गरेर देखाउनुस्, कुरा त पहिलादेखि नै सुन्दै आएकै हो’


१८ बैशाख २०७५, मंगलवार
minendra rijal

बुटवल, १८ बैसाख । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण ब्यक्तिगत स्वार्थका लागि हुन नहुने बताएका छन् । उनले समग्र देशको बिकासको लागि भ्रमण गर्नुपर्ने बताएका छन् ।

minendra rijal

रिपोर्टर्स क्लव प्रदेश नम्बर–५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले बाम सरकार तानाशाही बन्ने कोशिसमा लागेको टीप्पणी समेत गरे । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफु मात्र ठिक छु भन्ने घमण्ड रहेको उनले बताए ।

उनले भने, ‘अहिले त संयम हुने बेला हो, सरकारले अहंकार गर्ने होइन जनताकाप्रति कर्तब्य निर्बाह गर्नुस् ।’ उनले अहिलेका मन्त्रीहरु काम गर्नेभन्दा बढी प्रचारमा रमाइरहेको आरोप लगाउँदै भने, ओलीजी पहिला काम गरेर देखाउनुस्, तपाईको बोली त पहिलादेखि नै सुन्दै आएकै हो ।’ अहिले काम गर्ने बेला भएको बताउँदै मन्त्री रिजालले सरकारको मूल्याङ्कन जनताले गर्ने भन्दै उनले काम गरेर देखाउन आग्रह गरे ।
प्रधानमन्त्रीले जहाँ जाँदा पनि मै ठिक छु, बाधा गर्नेलाई सहन्न, भन्ने गरेको भन्दै उनले सरकारले धम्काउँदै तर्साउँदै हिंडेको बताए ।

सरकारका गतिबिधि लोकतन्त्र बिरोध भएको उनको दाबी छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका रिजालले पार्टीभित्र झगडा गर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘जनताको मत राम्रो पाएका छौं तर, सरकारमा छैनौं, उपस्थित पातलो छ, पातिलएको प्रतिपक्षले घरमा कलह नगरौं ।’ आक्रोश र चुनौतीलाइ सहज बनाउन सहमतिका साथ अघि बढ्न कांग्रेस नेतृत्वलाइ उनको आग्रह छ । कुलिङ अफ पिरियड सेलाउने अबधि पछि कांग्रेको समीक्षा जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७