नेविसंघ विवाद : अध्यक्षलाई चुनौती दिंदै महामन्त्री डाके केन्द्रीय समिति वैठक


१८ बैशाख २०७५, मंगलवार
nebisangh

काठमाडौं, १८ बैसाख । नेपाल विद्यार्थी संघ नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले केन्द्रीय समितिको बैठक डाकेका छन् । विगत एक वर्षभन्दा लामो समयदेखि केन्द्रीय कार्य समिमितिको बैठक बस्न नसकेको भन्दै उनले बैशाख २० गते बिहीबार बैठक डाकेका छन् ।

nebisangh१२ औं महाधिवेशनको तयारीका लागि भन्दै अध्यक्ष नैनसिंह महरले बैशाख २८–२९ का लागि बैठक डाकेसँगै त्यसअघि रणनीति बनाउनका लागि काफ्लेले बिहस्बारका लागि बैठक डाकेका हुन् । राजधानीको बाल्मिकी क्याम्पसमा बैठक बस्ने महासचिव काफ्लेले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७