आज रूस जाँदै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना


६ बैशाख २०८०, बुधबार
Ganesh timsina
फाइल फोटो

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज (बुधबार) रूस जाँदैछन् । रूसको माथिल्लो सदन संघीय सभा, संघ परिषद्का अध्यक्ष भ्यालिन्टिना म्याटकभियन्कोको निमन्त्रणमा उनी रूस जान लागेका हुन् ।

अध्यक्ष तिमिल्सिना ८ सदस्यीय प्रतिनिधिसहित बुधबार बिहान रूस जान लागेको उनका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७