सिटी सेमिफाइनल प्रवेश, फाइनलमा पुग्न रियलसँग भिड्ने


७ बैशाख २०८०, बिहीबार

काठमाडौँ । बार्यनल म्युनिखलाई पराजित गर्दै म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ । फाइनल भिडन्तका लागि रियल मड्रिडसँग भेट गरेको छ ।

गए राति भएको क्वार्टर फाइनलको दोस्रो लेगमा बार्यनलाई १–१ को बराबरीमा रोक्दै सिटी समग्रमा ४–१ को नतिजा निकाल्दै अन्तिम ४ मा पुगेको हो । क्वार्टर फाइनलको पहिलो लेगमा ३–० ले पछि परेको बार्यनको दोस्रो लेगमा बराबरीमा रोकिएपछि अघिल्लो चरण पुग्ने सम्भावना सकिएको हो ।

सिटीले अब फाइनल प्रवेशका लागि रियल मड्रिडको सामना गर्नेछ । खेलको ५७ औँ मिनेटमा हालान्डको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो । पछिल्लो समय उच्च लयमा रहेको हालान्डले डी ब्रुयनको पासमा गोल गरेका थिए ।
तर खेलको ८७ औँ मिनेटमा किममीचको पेनाल्टी गोलमा बार्यनले बराबरी गोल फर्काएको थियो । पहिलो लेगमा नै पछि परेको बार्यनले पुनरागमन गर्न नसक्दा क्वार्टर फाइनलबाटै च्याम्पियन्स लिगको यात्रा सकाएको हो । सेमिफाइलको पहिलो लेग ९ मे मा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७