एसीसी प्रिमियर कप : नेपाल र ओमान भिड्दै


८ बैशाख २०८०, शुक्रबार
team nepal 1 bfDyqCVgX7

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज (शुक्रबार) घरेलु टोली नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ९ बजेबाट कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

यस्तै सोही समयमा मुलपानी क्रिकेट मैदानमा हङकङ र यूएई बीच प्रतिस्पर्धा हुनेछ । कुल १० टिमको सहभागिता रहेको प्रतियोगिताको समूह ए मा आयोजक नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् भने समूह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।

FuLRsaLaMAANkEg

लिग चरणको समाप्तिमा प्रत्येक समूहको शीर्ष दुई स्थानका टिमले सेमिफाइनलको यात्रा तय गर्नेछ । प्रतियोगिताका विजेता टिम एसिया कपका लागि छनोट हुनेछ । शीर्ष तीन स्थानमा रहने टिम एसिया इमर्जिङपका लागि छनोट हुने एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७