बाम गठबन्धनको खोटाङ उम्मेद्धार : विशाल, राजन र पासाङ उठ्ने


४ कार्तिक २०७४, शनिबार
uml and moist talmel1

खोटाङ : खोटाङमा आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बाम गठबन्धनबाट उम्मेदवार बन्ने नेताहरुको टुङ्गो लागेको छ ।

uml and moist talmel1

प्रतिनिधिसभाका लागि नेकपा (एमाले)बाट वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराई, प्रदेशसभाका लागि वैकल्पिक केन्द्रीय सदस्य राजन राई र नेकपा (माओवादी केन्द्र)बाट पोलिटब्यूरो सदस्य रामकुमार राई (पासाङ) उठने भएका छन् ।

जिल्लाबाट सिफारिस भएका दुवै पार्टीका आकांक्षीमध्येबाट तीन नेताको नाम छनोट गरिएको बाम गठबन्धनले जनाएको छ । समानुपातिकतर्फ भने आगामी कात्तिक १३ गतेमात्रै टुङ्गो लाग्ने स्रोतको भनाइ छ ।

बाम गठबन्धनबाट टिकट पाएका नेताहरुको उम्मेदवारी दर्ता संयुक्तरुपमा एकैचोटी गर्ने गठबन्धनका नेता तथा एमाले जिल्ला उपसचिव कुमार आचार्यले बताए ।

“बाम गठबन्धनले जिल्लावासी उत्साहित भएका छन्”, उनले भने, “देशकै ठूलो दल र तेस्रो दलबीच भएको तालमेलले तीनवटै सिट जित्ने निश्चित भएको छ ।”

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७