बैशाख १० गते हुने त्रिविको परीक्षा सारियो (सूचनासहित)


८ बैशाख २०८०, शुक्रबार
tu

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख ४ देखि सञ्चालित स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षाअन्तर्गत वैशाख १० गतेका लागि निर्धारित परीक्षा ६ दिन पर सारेको छ ।

त्यस दिन प्रतिनिधिसभा सदस्य चयनका लागि देशका तीन निर्वाचन क्षेत्रमा उपचुनाव रहेकाले वैशाख १० गते गर्ने भनिएको स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा वैशाख १६ गतेका लागि सारिएको हो । वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ ।

सोही दिन बिहान ७ बजे व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२ बजे मानविकी संकायका अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा गर्ने परीक्षा तालिका त्रिविले सार्वजनिक गरेको थियो । तर उक्त परीक्षा अब वैशाख १६ गते गरिने भएको हो । सारिएका परीक्षा वैशाख १६ गते यसअघि तोकिएकै समय र सेन्टरमा सञ्चालन हुने त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
हेर्नुस् सूचना

tu exama pcd8BYJ3Y0

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७