ईपीएसलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण : कोरिया जाने भाडा किन महँगो ?


८ बैशाख २०८०, शुक्रबार
Sudan kirati 1 scaled
फाइल फोटो

काठमाडौं । नेपालबाट दक्षिण कोरिया जाने हवाई भाडा महँगो भएकोबारे श्रम मन्त्रालयले ईपीएस कोरियालाई स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कोरियन एयरलाइन्सले यात्रुसँग महँगो भाडा असुल गरिरहेको विषयमा श्रम मन्त्रालयमार्फत तीन दिनभित्र जवाफ दिन भनिएको जानकारी दिएका छन् ।

उनका अनुसार कोरियन एयरलाइन्सले अहिले यात्रुबाट एक लाख ८५ हजार रुपैयाँ लिइरहेको छ । जबकि ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्ने उनको भनाइ छ । मन्त्री किरातीका अनुसार ईपीएसबाट कोरियन एयरलाइन्सले कोरिया जाने टिकटको लागतबारे प्रश्न गरिएको छ । सो टिकटबाट प्रतिव्यक्ति कति नाफा आउँछ भनी प्रश्न गर्ने निर्णय भएको मन्त्री किरातीले जानकारी दिए ।

नाफा कति प्रतिशत बढाउन पाइने निर्णय छ ?, कोरियन एयरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोके ?, समग्रमा अहिलेसम्मको टिकटको बजेट कति हुन आउँछ भन्नेबारे समेत प्रश्न सोधिने भएको छ । कोरिया जाने हवाई भाडा अत्यधकि भएको गुनासो यात्रुले गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७