उपनिर्वाचनका दिन आज कस्तो रहला मौसम ?


१० बैशाख २०८०, आईतवार
Weather machhapuchre himal kaski

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी तथा मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज (आइतबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्का /क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का / क्षणिक वर्षाको सम्भावना रहेको छ । आज बारा, चितवन र तनहुँमा उपनिर्वाचन हुँदैछ । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ । देशका केहि भू–भागमा बर्षाको सम्भावना रहेका कारण मतदान प्रक्रियामा अवरोध आउन नदिंन आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्वाचन आयोगले सम्बन्धित पक्षलाई सचेत गराइसकेको छ ।

भोलि (सोमबार) देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । अपराह्नपछि देशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वैशाख १२ गते मंगलबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७