देवकोटाको प्रस्ताव : समानुपातिक निर्वाचन प्रणाली खारेज गरौं, सांसद संख्या घटाऔं


१३ बैशाख २०८०, बुधबार
Khimlal Devkota 21
फाइल फोटो

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको संख्या परिमार्जन गर्न माग गरिएको छ ।
बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता औँल्याए ।

उनले भने, ‘प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सासंद वा मन्त्री तीन पटक र पार्टी-दलको नेतृत्व दुई कार्यकालभन्दा बढी नहुने व्यवस्था गरौँ । समानुपातिक समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ ।’ उनले प्रतिनिधिसभामा सदस्य संख्या दुई सय ७५ बाट घटाएर एक सय ६५ र प्रदेशसभाको संख्या पाँच सय ५० बाट घटाएर तीन सय ३० मात्रै कायम गर्न सुझाव दिए ।

विभिन्न आयोग तथा सरकारी कार्यालयमा हुने नियुक्ति प्रक्रिया नियमसङ्गत नरहेको पनि उनको भनाइ छ । ‘अदालत, संवैधानिक निकाय, विश्वविद्यालयलगायतका निकायहरुमा दलीय भागबन्डाका आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरुमा पार्टी सदस्य भर्ना गर्नेकाम बन्द गरौँ’, उनले भने । नागरिकका समस्या र गुनासा तत्कालै सम्बोधन गर्न सरकारले संयन्त्र बनाउनु पर्ने उनको सुझाव छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७