न्यूयोर्कमा राईहरुको तिहार


प्रकाशित मिति : October 22, 2017

नयाँ पेज संवाददाता
न्यूयोर्क : किरात राई सोसाइटी अफ अमेरिकाले शुक्रबार देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । विभिन्न क्षेत्रमा काम गरिरहेका किरात राई माझ खुशी साटासाट गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् ।
ज्याक्सन हाइटको एउटा रेस्टुरेन्टमा आयोजित कार्यक्रममा करिब डेढ सय किरात राईहरुको उपस्थिति थियो । कार्यक्रममा सहभागीहरुले करिब २ हजार १ सय अमेरिकी डलर दक्षिणा उठाएका थिए । न्यू योर्कमा करिब ३ सय किरात राई भएको अनुमान रहेको सोसाइटीका उपाध्यक्ष खगेन्द्र राईले बताए । उपाध्यक्ष राईका अनुसार अमेरिकाभर करिब एक हजार किरात राई समुदाय छन् । सोसाइटीले हरेक वर्ष तिहारमा देउसी भैलो कार्यक्रम आयोजना गर्छ ।

प्रतिक्रिया दिनुहोस्