नेपाललाई लगातार झट्का : कप्तान रोहित पनि आउट


१४ बैशाख २०८०, बिहीबार
rohit paudel HQFQm8yLvW

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध खेलिरहेको नेपाललाई लगातार झट्का लागेको छ ।

नेपालले चौंथो विकेट पनि गुमाएको छ । २७ रन बनाएर खेलिरहेका कप्तान रोहित पौडेललाई गुमाएको छ । उनलाई वाइस अहमदले आउट गराए । खराब सुरुवात गरेको नेपालले ६४ रन जोड्दा ४ विकेट गुमाइसकेको छ । तेस्रो विकेटको रुपमा १९ रन बनाएर खेलिरहेको आशिफ शेखलाई इक्रामुल्लाहले मोहम्मद तनवीरको हातबाट क्याच आउट गराए ।

यसअघि नेपालले दोहोरो रन नजोड्दै दुबै ओपनर गुमाएको थियो । दोस्रो विकेटको रुपमा ओपनर भीम सार्की आउट भए । उनले १२ बलको सामना गर्दै मात्र ६ रन जोडे । नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भूर्तेललाई मात्र २ रन गुमाएको थियो । दुबै ओपनरलाई कतारका मुनावराले आउट गरे । ताजा अवस्थामा नेपाल ४ विकेट गुमाई ६४ रन बनाएर खेलिरहेको छ । अहिले क्रिजमा सोमपाल कामी र कुशल मल्ल छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७