नेपाल–बेलायत छैटौं बीसीएम बैठक : गोर्खा सैनिकबारे पनि छलफल

‘नेपाल र बेलायत सम्बन्धमा नयाँ आयाम थपिएको छ’


१४ बैशाख २०८०, बिहीबार
gorkha sainik

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले विगत १०० वर्षमा नेपाल–बेलायत सम्बन्धको विकासका लागि जग प्रदान गरेको बताएका छन् ।

लण्डनस्थित नेपाली राजदूतावास र बेलायतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालयले ब्रिटिस लाइब्रेरीसँगको सहकार्यमा मंगलबार साँझ आयोजना गरिएको प्रदर्शनी तथा स्वागत समारोहमा सन् १९२३ को मैत्री सन्धिपछि ब्रिटिश गोर्खा तथा दुई देशको सम्बन्धको विकासमा नयाँ आयाम थपिएको बताए । उनले सन्धिपछि दुई देशबीचको सम्बन्ध विकास, साझेदारी, व्यापार र लगानी, पर्यटनमा पनि उल्लेख्य काम भएको भनाइ राखेका थिए ।

उनले पारस्परिक हितका एजेण्डामा बहुपक्षीय मञ्चमा हुने सहकार्य विस्तार भएको भन्दै नेपालको ऐतिहासिक पाण्डुलिपि, फोटो, मोनोग्राफ र अन्य बहुमूल्य सामग्रीको संरक्षण, संरक्षण र डिजिटलाइजेशनमा ब्रिटिश पुस्तकालयले गरेको सहयोगको प्रशंसा गर्नुभएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाल–बेलायत सम्बन्धको १००औं वर्षको अवसरमा नेपाल–युनाइटेड किङ्गडममैत्री सन्धि कार्यक्रममा नेपाल–बेलायत सम्बन्धसँग सम्बन्धित ऐतिहासिक दस्तावेज, पाण्डुलिपि, तस्बिर, फोटो सङ्कलन र अन्य ऐतिहासिक सामग्री प्रदर्शनमा राखिएको थियो ।

संयुक्त अधिराज्यको विदेश, राष्ट्रमण्डल र विकास कार्यालयमा राज्यमन्त्री रहेका एनी–मारी ट्रेभल्यानले नेपाल र बेलायतबीच लामो समयदेखि रहेको सौहार्दपूर्ण र पारस्परिक लाभकारी सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाइने बताए ।
नेपाललाई दिगो आर्थिक विकास र अल्पविकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्नका लागि व्यापार र लगानीका प्राथमिकताका क्षेत्रमा बेलायतले सहयोग गरिरहने बताएको नेपाल दूतावासकी प्रवक्ता रोशन खनाल जानकारी दिइन् ।

समारोहमा बेलायतका लागि नेपालका राजदूत महामहिम ज्ञानचन्द्र आचार्य र ब्रिटिस पुस्तकालयका सङ्ग्रह विभागका प्रमुख जेरक्सेज माज्दाले नेपाल–बेलायत सम्बन्धको महत्व र बेलायती पुस्तकालय र नेपाली संस्थाबीचको सहकार्य विस्तारको बारेमा कुरा गर्नुभएको नेपाली दूतावासले उल्लेख गरेको छ । बैठकमा विकास सहयोग र प्राथमिकता, व्यापार, लगानी र पर्यटन, शिक्षा र मानव संसाधन विकास, कन्सुलर मामिला र जनतालगायत द्विपक्षीय सम्बन्धका प्रमुख पक्षहरूमा भएको प्रगतिको समीक्षा पनि भएको विज्ञप्तिमार्फत दूतावासले जनाएको छ ।

ब्रिटिश गोर्खा मुद्दा, जलवायु परिवर्तन र दीगो विकासका सम्बन्धमा कुरा भएको विज्ञप्तिमा उल्लेख छ । बैठकमा ब्रिटश गोर्खा भर्ती विवादमा पनि छलफल भएको बताइएको छ । भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूले बेलायती सरकारले नेपाली ब्रिटिश सैनिकहरूलाई दास जस्तो र अमानवीय व्यवहार गरेको बताउँदै आएका छन् । उनीहरूले दुवै सरकारले यो विषयमा चाँडो छलफल गरेर ब्रिटिश सरहकै व्यवहार गर्न कूटनीतिक पहल गर्नुपर्ने माग गर्दै आएका छन् ।

बैठकमा उक्त छलफल भएको तर कुनै निष्कर्षमा भने पुगेको देखिन्न । विज्ञप्तीमा भनिएको छ, ‘भूतपूर्व गोरखा सैनिकका समस्या समाधानका विषयमा छलफल जारी राख्ने सहमति भएको छ ।’ बैठकमा बेलायतले बेलायतमा सबैभन्दा बढी सेना पठाउने दोस्रो ठूलो राष्ट्र नेपाल भएको भन्दै प्रशंसा गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७