‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै


१६ बैशाख २०८०, शनिबार
football
सांकेतिक तस्वीर

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) तीन खेल हुँदैछ । च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुने खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबबीच खेल हुनेछ । संकटा पाँचौं तथा जावलाखेल आठौं जितको योजनामा हुनेछ । संकटा १५ अंक जोडेर ११ औं स्थानमा रहँदा जावलाखेल २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

यस्तै, शनिबार दिउँसो ३ बजे नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन शेर्पा चौथो तथा आर्मी छैटौं जितको खोजीमा हुनेछ । हिमालयन १३ अंक जोडेर १३ औं स्थानमा रहेको छ भने आर्मी १९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यसैगरी, शनिबार साँझ ६ बजे नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र मनाङ दुवै पाँचौं जितको योजनामा हुनेछन् । चर्च ब्वाइज १८ अंक जोडेर पाँचौं स्थानमा रहँदा मनाङ १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७