प्याब्सन र एन–प्याब्सनमा विद्यार्थी संगठनको ताला


१९ बैशाख २०७५, बुधबार
tala

काठमाडौं, १९ बैसाख । विद्यार्थी संगठनहरुले निजी विद्यालय सञ्चालकको संस्था प्याब्सन र एन–प्याब्सनको कार्यालयमा तालाबन्दी गरेका छन् ।tala

निजी विद्यालयले भर्ना र मासिक शुल्कमा गरिरहेको मनपरीलाई बढावा दिन प्याब्सन र एनप्याब्सन नै लागेको भन्दै अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी गरेका हुन् । प्याब्सन र एनप्याब्सनको केन्द्रीय कार्यालय काठमाडौंमा तालाबन्दी गर्न विद्यार्थी संगठनका पदाधिकारी नै सहभागी भएका थिए ।

देशभरी प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिएका छन् ।

निजी विद्यालयहरुको मनपरी रोक्नुका सट्टा प्याब्सनका पदाधिकारीहरु नै मनपरीलाई बढावा दिन लागिपरेको र पदाधिकारीहरुकै स्कुलमा मनोमानी शुल्क लिएकाले प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरिएको हो’ उनले भने । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीलगायतका प्रमुख दल निकटका विद्यार्थी संगठनले निजी विद्यालयले भर्ना शुल्क र मासिक शुल्कमा मनोमानी गरेको भन्दै आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७