एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि आज कुवेत र ओमान भिड्दै


२०८० बैशाख १७ आइतबार ०६:५४ बजे

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि आज (आइतबार) कुवेत र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

शनिबार नेपालसँग पराजित कुवेत र संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित ओमानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल बिहान ९ बजेबाट कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

प्रतियोगिताको फाइनल खेल भने भोलि सोमबार हुँदैछ । उपाधिका लागि घरेलु टोली नेपाल र युएई भिड्ने छन् । प्रतियोगिताको उपाधि विजेताले एसिया कप खेल्न पाउने छ । एसिया कपमा छनोट भएको टिमले भारत र पाकिस्तानसँग खेल्ने छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७