हङकङमा बेलायतविरुद्ध गोर्खाहरुको प्रदर्शन


१९ बैशाख २०७५, बुधबार
Capture

हङकङ, १९ बैशाख । ब्रिटिस गोर्खा सैनिकका सन्तानहरूले हङकङमा बेलायतविरुद्ध प्रर्दशन गरेको गरेको छ । गोर्खाका सन्तानहरुले बेलायती नागरिकता र राहदानी पाउन दिन ढिलाइ गरेको भन्दै मंगलबार बेलायती राजदुतावास अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले १५ दिने अल्टिमेटमसहित चार बुादे ज्ञापनपत्र पनि बुझाएका छन् ।

Captureबेलायती नागरिक्ताको माग गर्दै ब्रिटिस गोर्खा सैनिकका सन्तानहरू। तस्बिर : साउथ चाइना मर्निङ पोष्ट

उनीहरुले बेलायती राहदानी पाउन करिब ४ वर्षको अवधि लाग्ने गरेको बताउँदै छिटो पाउनु पर्ने माग गरेका छन् । प्रर्दशनमा गोर्खा सैनिकका छोराछोरी वा नातिनातिनाले प्रदर्शन गरेका छन् ।

उनीहरु मध्ये अधिकांशले बेलायती नागरिकता लिइसके पनि पासपोर्ट पाएका छैन् । कतिपयका बाबुआमा बेलायती भएपनि छोराछोरीलाई नागरिकता दिइएको छैन ।

एक जना प्रदर्शनकारी, ४५ वर्षीया शिव कुमार राई गोर्खाका छोरा हुन् । उनले ब्रिटिस राहाधानी पहिले नै पाएका छन् । जुनै बेला पनि बेलायत भ्रमण गर्न सक्छन् । तर ब्रिटिश अधिकारिकहरूले अझै पनि आफ्नो छोरीलाई निषेध राईलाई पासपोर्ट दिएको छैन् । छोरीले यसकारण हङकङ बाहिर बाहिर यात्रा गर्न सकेका छैनन् ।

ब्रिटिस पासपोर्टको बिना प्रदर्शनकर्ताहरूले आफुलाई ‘हङकङका कैदी’ को रूपमा वर्णन गरेका छन् ।

उनीहरूले बेलायती कर्मचारीले आफूहरूसँग अत्यधिक कागजात माग राखेको, ढिलासुस्ती गरेको, अल्झाएको, भेदभाव र अपमान गरेको आरोप लगाएका छन् ।

उता बेलायती वाणिज्य दूतावासका महानिर्देशक मार्क थम्सनले भने गोर्खा सैनिकहरुले राहदानीका लागि झुटो नाता कायम गर्ने प्रयासले ढिलाइ भएको आरोप लगाएका छन् ।

यद्यपि उनले तत्कालै ढिलाइको समीक्षाका लागि एक टोली गठन गरिएको पनि बताए । दूतावासले ढिलाइ प्रक्रिया कम गर्न बेलायत सरकारसँग सहकार्य भइरहेको बताएका छन् ।thamsan

दूतावासको परिसरमा पुगेका प्रदर्शनकारीलाई थम्सनले एक पत्र थमाएका थिए । ‘आफूहरु सन्तुष्ट नभएसम्म कसैलाई पनि राहदानी दिदैनौं, राहाधानी ढिलाई यो प्रणालीबाट अनुचित लाभ उठाउन खोज्नेहरुका कारण ढिलाइ भएको हो’ पत्रमा भनिएको छ,‘मैले राहाधानी जारी गर्न नसकेकोमा सक्कली आवेदकसँग माफी चाहान्छु ।’

प्रर्दशनको कार्यक्रमको समापन गर्दै संयोजक भूषण सुब्बाले तोकिएको समयभित्र माग पूरा नभए कडा कार्यक्रम तय गर्न बाध्य हुने बताए । उनले उक्त विषयलाई अन्तर्रा्ष्ट्रियकरण गर्न र कानुनी प्रक्रिया अघि बढाउन तयारी शुरु गरिएको समेत बताए ।

यसैबीच गैरआवासीय नेपाली संघ हङकङले विज्ञप्तिमार्फत मागप्रति ऐक्यवद्धता जनाउँदै बेलायत सरकारको भेदभावपूर्ण नीति र व्यवहार खारेज गर्न माग गरेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७