विश्व बैंकद्वारा चीनका लागि साढे ३४ करोड डलर ऋण स्वीकृत


२०८० बैशाख १७ आइतबार ०७:०६ बजे

काठमाडौं । विश्व बैंकले चीनमा कृषि क्षेत्रको विकासका लागि साढे ३४ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

मध्य चीनको हुवेई र हुनान प्रान्तमा हरित कृषि र ग्रामीण क्षेत्रको विकास गर्न ३४ करोड ५० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको विश्व बैंकको बेइजिङ कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो ऋण बाली तथा पशुपालनबाट हरितगृह ग्यास उत्सर्जन घटाउन, उर्बराशक्ति बढाउन, जैविक विविधता संरक्षण र कृषि चक्रको पुनर्स्थापनामा सुधार गर्न प्रयोग गरिने खबरमा उल्लेख छ ।

यस्तै, ऋण रकम किसान तथा सहकारीका सदस्यहरूलाई तालिम र कृषि विस्तार सेवाहरू उपलब्ध गराउने, किसान र खाद्य प्रशोधनकर्ताहरूलाई जलवायुमैत्री कृषि प्रविधिहरू र असल कृषि अभ्यासहरू अवलम्बन गर्न प्रोत्साहित गर्ने जस्ता धेरै क्षेत्रमा काम गरिनेछ । ऋण सहयोगले देशभर लागू गर्न सकिने पाठहरू सिर्जना गर्ने अपेक्षा रहेको चिनियाँ सरकारी अधिकारीले बताएका छन् । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७