निरा हत्या प्रकरण : झापामा पक्राउ गरिएका व्यक्तिलाई काठमाडौं ल्याइँदै


२०८० बैशाख १७ आइतबार १०:२८ बजे

काठमाडौं । काठमाडौं सरस्वती नगरमा निरा पाण्डे (आचार्य) को हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापा धुलाबारीका विनोद बिकलाई प्रहरीले आइतबार काठमाडौं ल्याउँदैछ ।

आइतबार बिकलाई काठमाडौं ल्याइसकेपछि घटनाको बारेमा विस्तृत रूपमा जानकारी दिने प्रहरीले बताएको हो । काठमाडौंको एक रेटुरेन्टमा बाउन्सर भएर समेत काम गरेका बिकलाई प्रहरीले धुलाबारीबाट पक्राउ गरेको थियो । बिकलाई काठमाडौं ल्याउन उच्चस्तरीय छानविन समितिका दुई जना डिएसपीसहितको टोली झापा पुगेको थियो ।

प्रहरीले आचार्यको हत्याको अनुसन्धान गर्नका लागि एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन समेत गरेको थियो । कपनको सरस्वतीनगरमा निरू किचनकी सञ्चालक आचार्यको यही वैशाख ७ गते दिउँसो पसलमै हत्या भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७