संखुवासाभामा अरुण नदी थुनियो, खुलाउने प्रयास हुँदै


२०८० बैशाख १७ आइतबार ०७:१३ बजे

संखुवासभा । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनास्थल संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेको छ । भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण ३ जलविद्युत् आयोजनास्थलमा पहिरो खस्दा अरुण नदीको बहाव थुनिएको हो ।

आइतबार बिहानैदेखि सुक्खा पहिरो खसिरहेकाले डाइभर्सन गरेर नदी खुलाउने प्रयास भइरहेको बताइएको छ । अरुण थुनिँदा जलविद्युत् निर्माणस्थलमा ड्यामसाइडको काम पनि रोकिएको छ ।

निर्माणस्थलमा निर्मित टनेल थुनिएपछि अहिले निर्माण पक्षले ड्याम साइडबाट नदीको पानी खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले बताए । पहिरो लगातार झरिरहकाले नियमित मार्गबाट नदीको बहाव खुलाउन अझै केही घण्टा लाग्ने उनले बताए । नदी थुनिए पनि अवस्था खतरापूर्ण नरहेको प्रहरीले जनाएको छ । अहिले प्रहरीको टोली पनि घटनास्थलमा पुगिसकेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७