प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै कानुन व्यवसायी आन्दोलित


१७ बैशाख २०८०, आईतवार
lawyer 1

काठमाडौं । नेपाल बार एशोसिएसनले आज (आइतबार) देखि आन्दोलन सुरु गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति समयमा हुन नसक्दा समग्र न्यायपालिका नेतृत्वविहीन भएको र न्यायपालिकाप्रति जनआस्था खस्किँदो अवस्थामा पुगेको भन्दै बारले आन्दोलन सुरु गरेको हो ।

न्यायपालिकाको विकृति, विसंगतिको अन्त्य, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणालीद्वारा तोक्ने प्रक्रियाको थालनी गर्न र प्रधान न्यायाधीशको नियुक्ति अविलम्ब गर्न ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ हुन नसकेको बारको भनाइ छ । आजदेखि कानुन व्यवसायीले बार एशोसियसन अगाडि धर्ना दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७